चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो

रासस

बुधबार, १४ पुस २०७८, ११ : ३३
चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो

चितवन । चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको हो । यस्तै सोही समयमा हात्तीको आक्रणबाट चार, गैँडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले जानकारी दिए । चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले रु ८० लाख ७३ हजार क्षतिपूर्ति तिरेको छ । निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५÷७६ देखि आव २०७८÷७९ को कात्तिक मसान्तसम्म रु ६ करोड २५ लाख ४४ हजार राहत वितरण गरेको छ । 

निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पु¥याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ । चालु आवको चार महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई रु ४० लाख राहत रकम वितरण गरिएको छ । त्यस्तै वन्यजन्तुबाट सामान्य घाइते भएका पीडित परिवारलाई रु तीन लाख सात हजार र गम्भीर घाइते भएका पीडित परिवारलाई रु १३ लाख १६ हजार उपलब्ध गराएको तिवारीले जानकारी दिए।

त्यस्तै पशुधन क्षति शीर्षकमा रु सात लाख ८५ हजार तथा घरगोठ शीर्षकमा रु ४२ हजार वितरण गरिएको छ । वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पु¥याएका परिवारलाई रु १६ लाख २१ हजार प्रदान गरिएको छ । निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले मानवीय तथा भौतिक क्षति पु¥याउने गरेका छन् । निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई रु १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम रु दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ । जङ्गली जनावारले अन्नबालीमा क्षति पु¥याएमा बढीमा रु १० हजार, घरगोठ भत्काएमा रु १० हजार र पशुधनको क्षति गरेमा रु ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

वन्यजन्तुको आक्रमणबाट आव २०७३÷७४ मा १०, आव २०७४/७५ मा पाँच, आव २०७५/७६ मा १२, आव २०७६/७७ मा नौ र आव २०७७/७८ मा १२ जनाको मृत्यु भएको थियो ।निकुञ्ज र स्थानीयवासीबीच द्वन्द्व बढेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अवधारण ल्याएर निकुञ्जको आम्दानीको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा खर्च गर्न थालिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीयवासी र निकुञ्जबीचमा द्वन्द्व घटाउँदै लगिएको बताए। पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको छ ।

मध्यवर्ती क्षेत्रमा हुने क्षतिको राहत निकुञ्जले दिने गर्दछ । निकुञ्जले चितवन, पर्सा, मकवानपुर र नवलपरासीको बर्दघाट सुस्तापूर्वलाई समेटेको छ । विसं २०३० मा स्थापना भएको यस निकुञ्जसित जोडिएका क्षेत्रलाई समेटेर २०३० मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो । मध्यवर्ती क्षेत्र ७२९ दशमलव ३७ वर्गकिलोमिटरमा फैलिएको छ भने निकुञ्ज ९५२ दशमलव ६३ वर्गकिलोमिटरमा फैलिएको छ ।   

प्रतिक्रिया दिनुहोस