काठमाडौं । पछिल्ला केही दिनयता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम आगामी बिहीबारदेखि क्रमिकरुपमा सुधार हुने भएको छ ।
सो प्रणाली बिहीबारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् शविना शाक्यले जानकारी दिनुभयो । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ ।
तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उहाँले बताए । मङ्गलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा बढी भैरहवाको २८ दशमलव तीन डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ पुस २०७८, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना