काठमाडौं । एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको स्पष्ट पारेका थिए ।
नेपाली कांग्रेसमा सभापति समेत रहेका देउवाले भनेका थिए– ‘एमसीसी नेपालको हितमा छ, सित्तैमा आएको पैसा हो, सित्तै आएको पैसा किन चाहिदैन भन्ने ? विश्व बैंक, एसियाली विकास बैंकबाट हामी ऋण लिन्छौँ, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । तर एमसीसीले सित्तैमा दिन्छु भन्छ, नेपालकै कानुन मान्छु भन्छ, तैपनि मान्दैनन्, राम्रोसँग बुझ्नुपर्यो ।’
नेता रावलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति लज्जास्पद भएको बताएका छन् । रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको दावी गरेका छन् ।
उनले ट्वीटमा भनेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति । यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै