काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको अध्यक्षमा आफूले प्रचण्डलाई नै देखेको बताएका छन् ।
आइतबारबाट सुरु माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले माओवादीले कसलाई नेता बनाउने थाहा नभए पनि आफूले प्रचण्डलाई नै देखेको भन्दै उनले शुभकामना दिए ।
‘तपाईंहरुले कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु । उहाँलाई पनि धेरै धेरै शुभकामना ’देउवाले भने । केही समय अघि सकिएको एमालेको महाधिवेशनबाट केपी शर्मा ओली र कांग्रेसको महाधिवेशनबाट देउवा पार्टी नेतृत्वमा दोहोरिएसँगै उनले प्रचण्डलाई शुभकामना दिएका हुन् ।
माओवादी यसपटकबाट बहुपदीय प्रणालीमा जाँदै छ र १५ सदस्यीय पदाधिकारीको तयारी गरिएको छ । अध्यक्षमा भने प्रचण्डलाई चुनौती दिन सक्ने अरु नेता देखिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ पुस २०७८, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !