धनलक्ष्मी बायो टेक्नोलोजीका संचालक लाई प्रशासनले लगायो हत्कडी, सहायक प्रजिअ शर्मालाई पैसाको अफर

प्रकाश सिग्देल

आइतबार, ११ पुस २०७८, १२ : ०९
धनलक्ष्मी बायो टेक्नोलोजीका संचालक लाई प्रशासनले लगायो हत्कडी, सहायक प्रजिअ शर्मालाई पैसाको अफर

चितवन । धनलक्ष्मी बायो टेक्नोलोजी प्रालिका संचालक बिरगन्ज घर भएका राहुल कुमार चौबेलाई जिल्ला प्रशासन कार्यालय चितवनले प्रहरीको जिम्मा लगाएको छ । अबैध रुपमा भारतबाट मल ल्याएर आफ्नो टेड्रमार्कमा राखी अबैद्ध तबरले अनुमति बिनानै बिक्री बितरण गरेको आधारमा छानबिन गर्दा दोषी देखिएपछि आवश्यक कारबाहीका लागि अदालतमा पेश गर्ने गरी प्रहरीको जिम्मा लगाएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।

शर्मा सहितको टोली बिहिबार गोदाम तथा अफिसको अनुगमनमा पुगि गोदाम शिल गरी आवश्यक कागजात सहित प्रशासनमा हाजिर हुन निर्देशन गरेको थियो । उसले ल्याएका कागज पत्रमा उसले अवैध काम गरेको देखिएपछि अदालतमा मुद्धा चलाउने निर्णय सहित कागजात अदालतको जिम्मा र मान्छे प्रहरीको जिम्मा लगाईएको शर्माले बताए ।

आफुलाई १ जना व्यवसायीले सबैकुरा म मिलाउछु दुई जना मिलेर गरौला सर यसलाई यो पटक मुद्धाको प्रकृयामा नलगिदिनुस भनेर समेत आर्थिक प्रलोभन दिएको शर्माले बताए ।आफु कुनैपनि प्रलोभनमा नपरी उपभोक्ता हित विपरितका कसुर गर्ने जो भएपनि कारबाही गरी छाड्ने शर्माको अठोट छ । यसअघि शर्माले उपभोक्ता हित विपरितका कसुर गर्ने व्यवसायिहरु लाई ३ लाखका दरले जरिवाना समेत गराईसकेका छन ।

अनुगमनका क्रमाम धनलक्ष्मी बायो टेक्नोलोजी प्राली नामक कम्पनीको १२ घरे स्थीत गोदाममा अवैध रुपमा भन्सार छलेर ल्याइएको १०० बढी बोरा जैविक दानेदार मल र बिषादी फेला परेको थियो ।

सो सामाग्रि समेत प्रशासनले जफत गरि नष्ट गरेको छ । एक सयभन्दा बढी बोरा प्याकिङ गरिएको भुअमृत ब्राण्डको मल, अन्य एक सय जति प्याकिङ गर्नका लागि ल्याइएको मल र ठूलो मात्रामा रासायनिक विषादी यहाँ फेला परेको हो । अनुसन्धानका क्रममा खरिद बिल नभएको भन्सार तिरेको कागजात केही नभएको र प्याकिङ अनुमति नभएको यहाँका सरकारी निकायमा दर्ता नभएको भेटिएको शर्माको भनाइ छ ।

किसानको घरघरमा पुगी प्याकेट मल र अवैध रुपमा भित्राइएको विषादीलाई अर्गानिक दानेदार मल भनि यसले चर्को मुल्यमा बिक्री गरेको उजुरी प्रशासनमा परेको आधारमा प्रशासनले छानबिन थालेको थियो ।

कृषि कर्ममा प्रयोग हुने मल तथा विषादी अवैध रुपमा भित्रयाएर अवैध रुपमा बिक्री गरेको पाइएकोले यसलाई कडा कारबार्ही हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युबराज पाण्डेले बताए ।

आफुहरुले वीरगञ्ज र भारतबाट  मल ल्याएर यहाँ सानो प्याकेट बनाएर किसानकोमा बिक्री गर्ने गरेको कम्पनिका संचालक राहुल कुमार चौबेले बयानका क्रममा बताए । कम्पनीले आइएसओ प्रमाणपत्र पाएको मल भन्दै ठगी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस