यसरी भित्रियो नेपालमा साइकल

पत्रपत्रिकाबाट

आइतबार, ११ पुस २०७८, ०७ : ४४
यसरी भित्रियो नेपालमा साइकल

काठमाडौं । साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत ल्याइएको यही साइकल त्यसबेलाका राणा श्री ३ महाराजाका छोरा नातिका लागि ‘केही साइकल’ भित्रिएको अनुमान छ ।

श्री ३ वीर शमशेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै ‘वैज्ञानिक आविष्कार’ हुन पाएन । तर, उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको इतिहासमा उल्लेख छ ।

तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौः उहिले र अहिले’मा सूर शमशेर नै साइकल भित्र्याउने व्यक्ति रहेको अनुमान सन् १९०३ गरिएको छ । तर, भारतमा अंग्रेज सरकारका समय पहिलो खेप सन् १९१० मा ३५ हजार थान साइकल भित्रिएको हुँदा सोही समय नै नेपालमा साइकल भित्रिएको सहजै बुझ्न सकिन्छ । यसपछि भारतीय व्यापारी सुधीरकुमार सेनले भारतमा साइकल व्यवसाय सुरुवात नै गरे । उनले बेलायतको प्रख्यात साइकल ‘रेलै साइकल’ ‘सेन रैले’ साइकल उत्पादनसमेत गरे ।

सन् १९१० अर्थात् विसं १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्र्याउने सूर शमशेर सौखिन राणा सन्ततीमा पर्दथे । श्री ३ वीर शमशेरले काठमाडौंको सबैभन्दा बढी सुविधासम्पन्न सेतो दरबार छोरा गेहेन्द्रका लागि बनाइदिए पनि उनको युवाकालमै देहान्त भएपछि सो दरबार सूर शमशेरको हकमा आएको थियो । सौखिन सूर शमशेरले त्यतिबेलै मूक चलचित्रको ठूलो संग्रह सेतो दरबारमा राखेका थिए । उनी अत्तरका सौखिनसमेत थिए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस