चितवन । वैदेशिक रोजगारीको नाममा युरोपेली मुलुक पुगेका केही नेपाली श्रमिकहरूले अहिले रोजगारी र कानुनी सुरक्षाको अभावमा कठिन अवस्थाबाट गुज्रिनुपरेको गुनासो गरेका छन्।
लाखौँ रुपैयाँ खर्च गरेर पुगेका उनीहरूले वाचा अनुसारको काम, तलब र सुविधा नपाएको गुनासो गरेका हुन्।
पीडितका अनुसार उनीहरूलाई आकर्षक तलब र सुविधा दिने आश्वासनका साथ केही महिनाअघि स्लोभाकिया पठाइएको थियो। तर, त्यहाँ पुगेपछि न त वाचा गरिएको रोजगारी प्राप्त भयो, न त आवास र खानाको व्यवस्था पर्याप्त रह्यो। कतिपयले पाँच महिनासम्म पनि स्थायी काम नपाएको बताएका छन्।
साथै, उनीहरूले पाएको भिसाको अवधि सकिन थालेको र नयाँ कानुनी प्रक्रिया नपुग्दा रोजगारीका अवसर समेत जोखिममा परेको जनाएका छन्।
श्रमिकहरूले नेपाल सरकारसँग आफ्नो अवस्था बुझेर आवश्यक पहल गर्न अनुरोध गरेका छन्। उनीहरूले वैदेशिक रोजगारका क्रममा देखिने यस्ता समस्या रोक्न सरकार र सम्बन्धित निकायले प्रभावकारी नियमन गर्न आवश्यक रहेको बताए ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सुरक्षाका लागि सावधानीपूर्वक प्रक्रिया अपनाउन र सरकारी स्वीकृत माध्यमबाट मात्र विदेश जान सम्बन्धित निकायहरूले पटक–पटक आग्रह गर्दै आएका छन्।
यसअघि प्रकाशित समाचारमा केही तथ्यगत कमजोरी भएकाले भुलसुधार गरिएको छ-सम्पादक
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीको पीडा : आए पाँच सय बन्द बाकस
वैदेशिक रोजगारीमा दक्ष कामदार घटे
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई सरकारले पुरस्कृत गर्ने