काठमाडौं । सत्तासाझेदार राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दावी गर्दै आपत्ति जनाएका छन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले तराईरमधेशका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नागरिकता सम्बन्धी ऐन अझै बन्न नसकेको स्मरण गराए। अध्यक्ष यादवले संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको बताए।
अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐन समेत आउन नसकेको गुनासो गरे। कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकलाई भ्यू टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढन इन्जिनियरहरुलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता