काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ। शुक्रबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्। आयोगले एकै पटकमा निर्वाचन गर्न नसके दुई चरणमा गर्न प्रस्ताव राखेको छ।
आयोगले पहिलो चरणको वैशाख १४ र दोस्रो चरण वैशाख २२ गते गर्न प्रस्ताव गरेको हो। भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, मतदाता नामावली संकलन विशेष कार्यक्रम, स्थानीय तहको निर्वाचन, निर्वाचन सुरक्षा व्यवस्था तथा निर्वाचन खर्च लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए।
यस्तै, उनले राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको आयोगले जनाएको छ।
मतदानको लागि ८ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। आयोगले निर्वाचनको लागि पुस १० गतेसम्ममा राजनीतिक दल दर्ताको लागि निवेदन दर्ता गर्न आह्वान पनि गरेको छ। पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागु हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज