काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको हालत आउने चुनावले देखाउँने भन्दै अहिले धाक धम्की दिएर नहिँड्न केपी ओलीलाई चेतावनी दिएका छन् ।
नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आगो हो र आगोसँग खेल्दा ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइएको बताए । उनले ६ वटै प्रदेशबाट मुख्यमन्त्री चैट बनाइएको दाबी गरे ।
प्रचण्डले भने, ‘अहिले धाक धम्की दिएर हिँडेका छन् । त्यो धाक धम्कीको अर्थ छैन । आउने निर्वाचनमा तिनीहरुको हैसियत देखिन्छ । कसको हालत के हुन्छ भन्ने कुरा देखिनेछ र देखिइसकेको छ ।’
अध्यक्ष प्रचण्डले विभिन्न जिल्लामा गएर ओलीले माओवादी र मधेशवादी दलका नेताहरूलाई एमाले प्रवेश गराइरहेकोप्रति पनि कटाक्ष गरे । उनले भने, ‘अवसरवादीहरू गाउँ(गाउँमा सिला खोज्दै हिडेका छन्, पार्टी प्रवेशका नाममा । तर, सुनारको सय चोट लोहारको एकै चोट । आज हामीले एकीकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’