‘हो, मलाई शारीरिक सम्बन्धको लत लागेको थियो’ : हलिउड अभिनेता जेम्स

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ पुस २०७८, ०७ : २०
‘हो, मलाई शारीरिक सम्बन्धको लत लागेको थियो’ : हलिउड अभिनेता जेम्स

न्युयोर्क । हलिउड अभिनेता जेम्स फ्रान्कोकोले आफू आफ्ना विद्यार्थीसँग सुतेको स्वीकार गरेका छन्। आफूमा शारीरिक सम्बन्धको लत (सेक्स एडिक्सन) भएको भन्दै उनले आफ्ना विद्यार्थीसँग सुतेको स्वीकारेका हुन्।

दी सिरियस एक्सएम पोडकास्टमार्फत् ४३ वर्षीय अभिनेता फ्रान्कोले बुधबार सो खुलासा गरेका हुन्। ‘अभिनय सिकाउने क्रममा म मेरा विद्यार्थीहरुसँग सुत्ने गर्थे। जुन वास्तवमै गलत थियो,’ पोडकास्टमार्फत् उनले भनेका छन्, ‘किनकि त्यतिबेला म 'सेक्स एडिक्टेडु थिए। तर महिलाहरुलाई प्रयोग गर्ने र गलत नियतले भने उनीहरुसँग सुत्ने गर्दिनथे। 'सेक्स एडिक्सनु लागुऔषध कूलतभन्दा पनि घातक हुने रहेछ।’

फ्रान्कोले एक अभिनय स्कुल सञ्चालन गर्दै आएका थिए। सो समयमा आफूले अभिनय सिकाउने स्कुलका विद्यार्थीसँग सुत्ने गरेको र पछिल्लो समय आफ्नो शारीरिकक सम्पर्कको लत छुटाउने प्रयास गरिरहेको उनको भनाइ छ।

करिब चार वर्षअघि यौन सन्तुष्टिका लागि आफ्ना विद्यार्थीलाई प्रयोग गरेको भन्दै पाँच महिलाले फ्रान्कोमाथि आरोप लगाएका थिए। महिलामाथि यौन शोषण गरेको भन्दै ती अभिनेताविरुद्ध सन् २०१९ मा अन्य दुई महिलाले उजुरी दिएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस