राष्ट्र बैंकमा एमालेकै अराजकता !

पत्रपत्रिकाबाट

मंगलबार, १८ बैशाख २०७५, ०७ : १३
राष्ट्र बैंकमा एमालेकै अराजकता !

मुलुकको केन्द्रीय बैंकले गत शुक्रबार आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव मनाएको छ । मुलुक जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारको गठन भएको हो । स्वयम् केन्द्रीय बैंक पनि तीन बर्षअघिको भुकम्पले नराम्रोसँग थिलथिलो भएको छ ।
तरपनि मुलुक र नेपाली जनतको निम्ति मौद्रिक क्षेत्रबाट पुर्याउनुपर्ने योगदानको निम्ति राष्ट्र बैंक  आफ्नो दायित्वबाट पन्छिन मिल्दैन ।

बैंक तथा वित्तीय संस्थाहरुको नियमना तथा पुपारीवेक्षण गरी सर्वसाधारणलाई नेपाली बैंकिग प्रणालीप्रति थप विश्वास दिलाउनु उसको कर्तव्य हो । विशेषगरी आफुलाई एमालेनिकट ठान्ने बैंकको कर्मचारी सघले पछिल्लो एक दशकदेखि देखाउँदै आएको अराजकताका कारण बैंकको कार्य वातावरण थप लालिंग भएको खबर आज प्रकाशित दृष्टि साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस