कोरोना अपडेट : थप २३६ जनामा संक्रमण पुष्ट्रि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, १६ : ३८
कोरोना अपडेट : थप २३६ जनामा संक्रमण पुष्ट्रि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २३५ र एन्टिजेन विधिबाट ४ हजार ४३ जनामा परिक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २६ हजार ४२३ र एन्टिजेनबाट ९६ हजार ४० जना पुगेको छ ।  

यस्तै, आज थप २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ६५९ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस