बिद्युतको बक्यौता नतिर्ने माउन्ट एभरेस्ट ब्रुअरीको लाईन काटियो, ब्रुअरीको प्रदुषणले स्थानिय मारमा

प्रकाश सिग्देल

बुधबार, ०७ पुस २०७८, १६ : २०
बिद्युतको बक्यौता नतिर्ने माउन्ट एभरेस्ट ब्रुअरीको लाईन काटियो, ब्रुअरीको प्रदुषणले स्थानिय मारमा

चितवन । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले गोन्द्राङंमा रहेको बियर उत्पादक कम्पनि माउन्ट एभरेस्ट ब्रुरुअरीको लाईन काटिदिएको छ । धेरै लामो समय सम्म पनि बक्यौता रकम तिर्न कुनै चासो नदेखाउने र आग्रहलाई वे वास्ता गरी अटेर गरेपछि लाईन काटिएको प्राधिकरणले जनाएको छ ।

ग्राहक न ००६.२३.५५५ रहेको यस कम्पनिले रु ३७ लाख ४१ हजार ३१७.८९ रुपैया तिर्न बाकि रहेको र त्यो रकम नतिरेकाले लाईन काटिएको कार्यालयका ईन्जिनियर राजेन्द्र पौडेलले बताए ।

लाईन काट्न पुगेको निरञ्जन हाडा सहितको प्राबिधिक टोलिलाई उद्योग परिसर प्रवेश गर्न नदिई तिन जना चौकीदार प्रयोग गरेर लखेटने कार्य भए पछी उद्योग कम्पाउण्ड बाहिर बाट नै जम्पर खोलिएको पौडेलले बताए ।

यो कारखानाका कारण आसपासमा बस्ने समुदाय समेत समस्यामा परेका छन् । बियर उत्पादन गर्दा निस्कने फोहोर केमिकल सहितको लेदो ढल गन्हाएर यो क्षेत्रमा बस्नै नसकिने भएको स्थानियहरुले बताए । यसले फालेको ढलसहितको पानीका कारण सो क्षेत्रमा उब्जाउ समेत नहुने गरेको किसानहरु बताउँछन् । यो कारखाना त्यहाँबाट हटाउनु पर्ने माग स्थानियहरुको छ ।कारखाना संन्चालकलाई खुल्ला रुपमा ढल नफाल्न आग्रह गर्दा उल्टै धम्काउने गरेको स्थानिय पिडितहरु बताउँछन् ।  

 

प्रतिक्रिया दिनुहोस