चितवन । चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो ।
रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए ।
चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने अनुमान वन कार्यालयको छ । बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने सूचना अधिकारी खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ पुस २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु