कोरोना अपडेट : थप २९० जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १५ : ५९
कोरोना अपडेट : थप २९० जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४७३ र एन्टिजेन विधिबाट ४ हजार ६१६ जनामा परिक्षण गर्दा २९० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २६ हजार २०६ र एन्टिजेनबाट ९६ हजार २१जना पुगेको छ ।  

यस्तै, आज थप २३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस