हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै तीन जना निर्वाचित हुने उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने एक जना निर्वाचित हुने सचिव पदमा ४ जनाले उम्मेदवारी दिएकामा १ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा अञ्जन कुमार तिमल्सिना रहेका छन् ।
यस्तै ३ जना निर्वाचित हुने सहसचिव पदमा पनि १० जनाको उम्मेदवारी परेकामासञ्जय लामाले फिर्ता लिएका छन् । यस्तै कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । तीमध्येबाट १ जना निर्वाचित हुनेछन् । बागमती प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्वसहित पदाधिकारी चयन गर्न खोजिएपनि सहमति नभएपछि अध्यक्ष प्रचण्डको निर्देशनमा चुनाव गर्न लागिएको हो । मतदानमा २७५ जना मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने