काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चिन्नै नसकेको बताएका छन् ।
सोमबार समाजवादी प्रेश संगठनले ‘पुस ५ लाई कालो दिन’बहस कार्यक्रममा अध्यक्ष नेपालले तत्कालिन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताएका हुन् ।
‘प्रचण्ड सोझो हुनुपुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अव मेरो पालो भन्नुपथ्र्यो नि । उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’, अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गरे । अध्यक्ष नेपालले ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको भन्दै उनी वामपन्थ नभएको टिप्पणी गरे ।
‘केपी ओलीको वामपन्थ होइनन रामपन्थ हुन् । अग्रमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउदैनन् ।’ उनले सत्तारुढ गठबनधन ५ वटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको बताए । उनले विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरु अर्कोतिर हिडिरहेको समेत बताए । नेता नेपालले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने बताए । सवैको चाहाना आम चुनावसम्म पनि मिलेर गठबन्धन अघि बढोस् भन्ने रहेको भन्दै त्यसबारे छलफल भइरहेको अध्यक्ष नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश