अर्थतन्त्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन आवश्यक : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १३ : ५७
अर्थतन्त्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्ने बताएका छन । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले त्रिविको ४७औं दीक्षान्त समारोहमा बोल्दै उक्त भनाइ राखेका हुन  ।

साथै प्रधानमन्त्री देउवाले विश्वविद्यालयमा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी शिक्षा दिइनुपर्ने उल्लेख गरे ।

उनले विश्वविद्यालयको शिक्षालाई स्तरिय बनाउनका लागि प्राध्यापक, कर्मचारी र विधार्थीबीच सहकार्य, सहयोग र सद्भाव सदैव राख्न पनि ध्यानाकर्षण गराएका थिए ।विभिन्न संकायका सयौँ विद्यार्थीहरु यो वर्ष पनि दिक्षित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस