काठमाडौं । सरकारले २० जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बढुवा सिफारिस समितिले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने छन् ।
यस्तै, लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई पनि बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
१५ उपसचिवको सरुवा (सूचीसहित)
२५ उपसचिवको सरुवा, को कहाँ ?
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)
बागमती प्रदेशका १४ उपसचिवको सरुवा
१२ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)