काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।
एमालेले कारवाही गरेका व्यक्ति समेटेर अवैध रुपमा दर्ता भएको दल नेकपा एस सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताए ।
नेम्वाङले भने – प्रधानमन्त्रीज्यूसँग छलफल गर्न हामी तयार छौं । कांग्रेसको महाधिवेशनमा हाम्रो अध्यक्षले सम्बोधन गर्नुभयो । तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई वैधानिकता दिनेगरि हामी कुनै बैठकमा सहभागी हुँदैनौं । यसअघि पनि नेकपा एसको सहभागितालार्य लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो । एमसीसीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आइतवार बैठक बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ पुस २०७८, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले