रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १५ : ५६
रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौ‌ । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए ।

सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा पत्र बुझाएका छन् ।फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका थिए । शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका मीनेन्द्रले चौथो स्थानको मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस