एजेन्सी । अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य डिल र अन्य अमेरिकी समर्थनका गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ । त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानाकारी दिनेछन् ।
मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानाकारी लिएकी थिइन् । रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान गर्छ । त्यस्तै, सफ्टवेयरले सन् २००० को सुरुदेखिका तथ्यांक विश्लेषण गर्नुका साथै अमेरिका र चीनबीचको सम्बन्धलाई असर गर्ने महत्वपूर्ण गतिविधि निगरानी गर्छ ।
कम्प्युटरमा आधारित सो प्रणालीले प्रशान्त क्षेत्रमा चीनका उत्तेजक गतिविधिबारे अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनलाई जानाकारी दिनेछ । केही दिनअघिमात्र अमेरिका र क्यानडाले प्रशान्त क्षेत्र र ताइवान टापुको शान्ति र स्थिरतामा अमेरिकाले धावा बोलेको चीनको सेनाले आरोप लगाएको थियो । प्रशान्त क्षेत्रमा चीनका अस्वभाविक गतिविधिका कारण नयाँ प्रविधिको विकास गर्न बाध्य भएको अमेरिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ पुस २०७८, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत