कोरोना अपडेट: थप २८० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, १६ : ४२
कोरोना अपडेट: थप २८० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ४७२ र एन्टिजेन विधिबाट २ हजार ७८२ जनामा परिक्षण गर्दा २८० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २५ हजार १६ र एन्टिजेनबाट ९५ हजार ८७३ जना पुगेको छ ।  

यस्तै, आज थप ३०० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७ हजार ८१६ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस