विक्की र कट्रिनाको रिसेप्सन पार्टी कहाँ हुँदैछ ?

एजेन्सी

बुधबार, २९ मंसिर २०७८, १४ : २३
विक्की र कट्रिनाको रिसेप्सन पार्टी कहाँ हुँदैछ ?

काठमाडौं । बलिउड अभिनेता विक्की र अभिनेनेत्री कट्रिनाको बिहेको माहोल अझै सेलाएको छैन । उनका प्रशंसकहरुलाई उनीहरुको जीवनमा के हुदैछ भन्ने जिज्ञासा भइरहेको छ । विक्की र कट्रिना फेरी आफ्नो काममा र्फकिन चाहान्छन् ।

त्यसैले उनीहरु बिहे पछिको सबै कार्यक्रम अहिले नै सक्ने तरखरमा छन् । हरेक वर्ष कट्रिना क्रिसमसलाई भव्य रुपमा मनाउने गर्छिन् । त्यस्तै यो साल पनि उनले विक्कीसँग क्रिसमस मनाउने तयारीमा छिन् ।

कट्रिना र विक्कीले ९ डिसेम्बरमा राजस्थानको एक होटलमा विवाह गरेका थिए । विवाह र हनिमुन पश्चात् उनीहरु मुम्बई र्फकिएका छन् । विक्की र कट्रिनाले आफ्नो इन्ड्रस्टिको सबै साथीहरुलाई रिसेप्सन पार्टी आयोजना गरेका छन् । यो रिसेप्सन पार्टीमा बिएमसीको सबै नियम पालना गर्नुपर्नेछ । उनीहरुले २० डिसेम्बरमा जे डब्लु मैरियटमा रिसेप्सन पार्टी आयोजना गरेका छन् ।

स्रोतकाअनुसार रिसेप्सन पार्टीमा अमिताभ बच्चन, सलमान खान, आमिर खान, शाहरुख खानलगायत दिग्गज कलाकारलाई निमन्त्रण पठाइसकेको बताएका छन् । ओमिक्रोमको खतरा बढेसँगै पार्टीमा आउने सबै गेस्टले पिसीआर टेस्ट गरेर नेगेटिभ आएको रिर्पोट साथमा लैजानु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस