एजेन्सी । भारत र रुसले हालै २८ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई देशबीचको साझेदारीलाई फराकिलो आधार प्रदान गर्न दुई राष्ट्रले विभिन्न २८ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यस्तै भारत र रुसले उत्तर प्रदेशको अमेठीमा रहेको एउटा निर्माण केन्द्रमा ६ लाखभन्दा बढी एके–२०३ असल्ट राइफल उत्पादनका लागि १० वर्षको सैन्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी सशस्त्र बलका लागि पनि झण्डै पाँच हजार करोड भारुको लागतमा राइफल बनाइने सम्झौता भएको छ ।सैन्य तथा सैन्य प्राविधिक सहयोग आईआरआई जीसी (एम एण्ड एम टीसी) मा भारत–रूस अन्तर–सरकारी आयोगको २० औं बैठकको क्रममा सम्झौतामा हस्ताक्षर भएको हो ।
उनीहरुले छिमेकी अफगानिस्तानमा देखापरेको अवस्था जस्ता ठूला चुनौतीहरूको सामना गर्न सहयोग र समन्वय विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ मंसिर २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा