अन्जु पन्तको ‘किन दुख्छ मुटु’ सार्वजनिक(भिडियोसहित)

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, ११ : ०७
अन्जु पन्तको ‘किन दुख्छ मुटु’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । हरि आचार्यको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । 

गीतको म्युजिक भिडियामा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्कीसँगै गीतकार आचार्यको पनि अभिनय देख्न सकिन्छ । धन र माया तुलना गरिएको गीतको भिडियो फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । मदन कस्यपको छायाङ्कन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस