चितवन हिमाल डेन्टलको हरेक सेवामा ३० प्रतिशतसम्म छूट

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १९ : ०४
चितवन हिमाल डेन्टलको हरेक सेवामा ३० प्रतिशतसम्म छूट

चितवन । नारायणगढको शहिदचोकमा रहेको चितवन हिमाल डेन्टलले वार्षिकोत्सवको अवसरमा उपचारका हरेक सेवामा ३० प्रतिशतसम्म छूट दिने घोषणा गरेको छ । डेन्टलले आज पत्रकार सम्मेलन गरी १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा ३० प्रतिशतसम्म छूट दिने जनाएको छ । 

डेन्टलका व्यवस्थापक जयराम जोशीका अनुसार पौष १ गतेदेखि १५ गतेसम्म उपचारका हरेक सेवामा ३० प्रतिशतसम्म छूटको व्यवस्था हुनेछ। पत्रकार सम्मेलनमा उनले भने, ‘पुरानो शुल्कमा ३० प्रतिशत छूट दिने हो, कुनै उपचारमा मूल्य बढाएर छूट दिने होइन, यो वार्षिकोत्सवको अवसरमा सेवा प्रदान गरेका हौँ ।’

डेन्टलकी सञ्चालक रन्जिता अधिकारीले दाँत, मुख र गिजाका हरेक उपचारमा ३० प्रतिशत छुट दिइने बताइन् । उनले भनिन्, ‘१९ औं वर्षमा प्रवेशसँगै अन्य ठाउँहरुमा पनि सेवा विस्तार गर्ने योजना बनाएका छौँ ।’ दन्त चिकित्सक राजिव काफ्लेले विदेश गएका चितवनवासीहरु स्वदेश आउँदा चितवन हिमाल डेन्टलमा उपचार गर्न आइरहेको बताए । उनले भने, ‘चितवन र यस आसपासका जिल्लाबाट सेवा लिन आउने गरेका छन् ।’ उनका अनुसार चितवनसहित, मकवानपुर, नवलपरासी, धादिङ, तनहुँलगायतका जिल्लाबाट धेरै बिरामी उपचारको लागि चितवन हिमाल डेन्टलमा आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस