एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मध्यरातमा बनारसका सडकहरुको अवलाेकन गरेका छन् । मंगलबार बिहान साढे १२ बजे प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन क्षेत्र बनारसका विभिन्न स्थानको अवलोकन गरेका हुन् । सो अवसरमा उनले काशीका महत्त्वपूर्ण विकास निर्माणका आयोजना, कोरिडरलगायतका क्षेत्रको निरीक्षण गरेका थिए ।
मोदीलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले साथ दिएका थिए । विभिन्न क्षेत्रको अवलोकन गरेपछि मोदीले गंगामा स्नान गरेर काशी विश्वनाथ मन्दिरको दर्शन गरेका थिए ।
उत्तर प्रदेशमा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ । बनारस भ्रमणको विभिन्न तस्विर मोदीले ट्विट गरेका थिए । मोदीले रेल कनेक्टिभिटी चुस्त र सुबिधा सम्पन्न बनाउन निर्देशन दिएका थिए । मोदीले रेलमार्ग स्टेसन बृद्धि गरिने पनि प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ मंसिर २०७८, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने
भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई
नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी
मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता