माओवादीका गोपी अछामीले पाए राष्ट्रिय सभामा प्रमुख सचेतकको जिम्मेवारी

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १३ : २४
माओवादीका गोपी अछामीले पाए राष्ट्रिय सभामा प्रमुख सचेतकको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका गोपी अछामीले राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् । यसैगरी सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारी चयन भएका छन् ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतक, सचेतक र सचिवको जिम्मेवारी तोकेको हो । बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस