नेपालगञ्ज । नेपालगञ्जमा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ।
नेपालगञ्जको एक टक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
साउन २७ गते पुष्पलालचोकस्थित एक होटलमा बोलाएर शिक्षक रावलले छात्रालाई बलात्कार गरेका थिए । त्यसको दुई दिनपछि २९ गते फेरि त्यही होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमानेमा त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए । मंसीर १० गते आफ्नै कोठामा बोलाएर शिक्षक रावलले बलात्कार गरेका थिए ।
छात्राले आउन नमान्दा भिडियो बाहिर ल्याइदिने धम्की दिने गरेको र मंसीर १० गते साँझ ५ बजेतिर कोठामा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । मंसीर २३ गते छात्राले जाहेरी दिएपछि शिक्षक पक्राउ परेका छन् । उनलाई सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ