उपत्यकामा यसरी बढाइँदैछ स्मार्ट सिटीको नाममा जग्गाको भाउ !

पत्रपत्रिकाबाट

सोमबार, १७ बैशाख २०७५, ०७ : १३
उपत्यकामा यसरी बढाइँदैछ स्मार्ट सिटीको नाममा जग्गाको भाउ !

गत वर्ष बैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा निर्णय गर्‍यो, ‘उपत्यकाभित्र चार स्मार्ट सिटी बनाउने।’ घोषणा कार्यान्वयनका लाग उपत्यकाका चारै दिशाका चार कोणमा जग्गाको कित्ताकाट रोकियो ।

कित्ताकाट रोकिएका एक वर्ष बितिसक्दा पनि स्मार्ट सिटीका लागि केही पनि काम भएको छैन । तर, स्मार्ट सिटीको लोभ देखाउँदै दलालहरुले जग्गाको भाउ भने अचाक्ली बढाउन थालेका छन् । जग्गा दलालले स्मार्ट सिटी क्षेत्रभित्र नपर्ने जग्गाको भाउ समेत स्मार्ट सिटीका नाममा स्वभाविक रुपमा बढाउन थालेका हुन् ।

उनीहरुले स्मार्ट सिटी क्षेत्रमा पर्ने भनिएका जग्गा बिक्री गर्नुपरे विश्वस्तरीय सहर बन्न लागको भन्दै ग्राहकलाई लोभ्याएर भाउ बढाइरहेका छन् । स्मार्ट सिटीबाहिरको जग्गा बेच्ने भने स्मार्ट सिटीले गर्दा टुक्रा गज्जा पाउनै मुस्किल रहेको बताउँदै ग्राहकलाई महँगो जग्गा किन्न बाध्य पारिरहेका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस