शव बरामद गर्ने डीएसपी केसी पक्राउ

पत्रपत्रिकाबाट

सोमबार, १७ बैशाख २०७५, ०६ : ५७
शव बरामद गर्ने डीएसपी केसी पक्राउ

विराटनगर । साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी प्रजित केसीसमेत पक्राउ परेका छन् ।
उनीमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।
प्रहरीका अनुसार उनको बयान चित्तबुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो । आजको नेपाल समाचारपत्रमा समाचार छ । यसअघि फागुन १८ मा केसी नेतृत्वको प्रहरी टोलीले विराटनगर पोखरीयामा गाडीको डिकीबाट शाक्यको शव बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस