काठमाडौं । काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । दलिततर्फको (खुल्ला पाँच) पदका लागि उम्मेदवारी दिएका उनले आफ्नो नाम हटाइदिन आग्रह गर्दै निर्वाचन समितिलाई पत्र लेखेका हुन् ।
दलिततर्फको खुला ५ पदमा २७ जनाको उम्मेदवारी परेको थियो । यसअघि सहमहामन्त्रीमा दावी गर्दै आएका उनले चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका थिए ।
तर देउवा समूहबाट मानबहादुर विश्वकर्मालाई टिकट दिइएपछि ब्याक हुँदै उनले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएकामा सो उम्मेदवारी पनि फिर्ता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस