काठमाडौं । काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । दलिततर्फको (खुल्ला पाँच) पदका लागि उम्मेदवारी दिएका उनले आफ्नो नाम हटाइदिन आग्रह गर्दै निर्वाचन समितिलाई पत्र लेखेका हुन् ।
दलिततर्फको खुला ५ पदमा २७ जनाको उम्मेदवारी परेको थियो । यसअघि सहमहामन्त्रीमा दावी गर्दै आएका उनले चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका थिए ।
तर देउवा समूहबाट मानबहादुर विश्वकर्मालाई टिकट दिइएपछि ब्याक हुँदै उनले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएकामा सो उम्मेदवारी पनि फिर्ता लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र