कांग्रेस महाधिवेशन : सभापति, उपसभापति र महामन्त्रीमा ६-६ जनाको उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १६ : ५५
कांग्रेस महाधिवेशन : सभापति, उपसभापति र महामन्त्रीमा ६-६ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा ६-६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय सकिन लाग्दा (पौने ५ बजे) दिएको जानकारी अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरी उपसभापति पदमा पनि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापति पदमा पुर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका छन् ।  

महामन्त्री पदमा डा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । 
सहमहामन्त्री पदमा भने १२ जनाको उम्मेदवारी परेको छ । जसमा किशोर सिंह राठोर, रञ्जित कर्ण, जीवन परियार, वद्री पाण्डे, फरमुल्लाह मन्सुर, मान वहादुर विक, सुरेन्द्र चौधरी, देवराज चालिसे, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस