काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । महािधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै उनले नेता प्रदीप पाैडेललाई अघि सार्दै भाेट समेत मागेका छन् ।
१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् । यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ ।
उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे । उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए । सो अवसरमा बोल्दै नेता शशांक कोइरालाले कांग्रेस नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरु सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले धर्म निरपेक्ष देश नहुने भन्दै संविधानमा धर्म स्वतन्त्र राख्ने विषयमा कांग्रेसले पहल गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्य मन्त्रीको चेतावनी
प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग