एजेन्सी । दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो ।
दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ मंसिर २०७८, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु