कोरोना अपडेट: थप २११ जनामा संक्रमण, २ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १६ : २१
कोरोना अपडेट: थप २११ जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार १८ र एन्टिजेन विधिबाट १ हजार ४३३ जनामा परिक्षण गर्दा २११ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २३ हजार ५५४ र एन्टिजेनबाट ९५ हजार ७०१जना पुगेको छ ।  

यस्तै, आज थप ३२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार ९०० जना पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५४९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस