पुनः अस्पताल भर्ना भए पेले

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, १४ : ५७
पुनः अस्पताल भर्ना भए पेले

काठमाडौं। ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् । कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् । उनी अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएको बताइएको छ ।

पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना भएको जानकारि दिएका छन् । पछिल्लो वर्षमा पेलेको स्थास्थ्यमा बिभिन्न समस्याहरु देखिरहेका छन् ।

८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थियो । तिन पटकका विश्वकप विजेता पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै उनका डाक्टरले उनी केहि दिनमै डिस्चार्ज हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस