काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ ।
बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । तर, नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ । सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् ।
सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता