काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ ।
बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । तर, नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ । सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् ।
सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र