काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (मंसिर २४ गते) सुरु हुने पार्टीको १४ औं महाधिवेशन देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन्।
कांग्रेसकै नेता डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहलाई बिहीबार लैनचौरमा सम्बोधन गर्दै देउवाले कांग्रेसको महाधिवेशन देशकै प्रजातान्त्रिक भविष्यका निम्ति महत्त्व राख्ने महाधिवेशन भएको बताएका हुन्।
‘महाधिवेशन (मंसिर २४ गते) सुरु हुँदै छ, यो अत्यन्तै महत्त्वपूर्ण महाधिवेशन हो’, उनले भने, ‘कांग्रेसको महाधिवेशन नेपालकै प्रजातान्त्रिक भविष्यका लाग लागि महत्त्वपूर्ण छ।’ कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि काठमाडौंमा १४औं महाधिवेशन सुरु हुँदैछ।
आगामी कार्यकालका लागि पनि सभापति पदका दाबेदार प्रधानमन्त्री देउवाले नेतृत्व चयनमा सकेसम्म सहमति जुटाउने र नजुटे लोकतान्त्रिक प्रतिस्पर्धाको विधि अपनाउने बताएका छन्।
‘महाधिवेशनमा सहमतिका साथ अगाडि बढ्छौं। केही लागेन भने लोकतान्त्रिक प्रक्रियामा गएर प्रतिस्पर्धा गर्छौं’, देउवाले भने। प्रतिस्पर्धामा हुने हार जितलाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले यसलाई कटुताको विषय बनाउन नहुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा