काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (मंसिर २४ गते) सुरु हुने पार्टीको १४ औं महाधिवेशन देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन्।
कांग्रेसकै नेता डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहलाई बिहीबार लैनचौरमा सम्बोधन गर्दै देउवाले कांग्रेसको महाधिवेशन देशकै प्रजातान्त्रिक भविष्यका निम्ति महत्त्व राख्ने महाधिवेशन भएको बताएका हुन्।
‘महाधिवेशन (मंसिर २४ गते) सुरु हुँदै छ, यो अत्यन्तै महत्त्वपूर्ण महाधिवेशन हो’, उनले भने, ‘कांग्रेसको महाधिवेशन नेपालकै प्रजातान्त्रिक भविष्यका लाग लागि महत्त्वपूर्ण छ।’ कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि काठमाडौंमा १४औं महाधिवेशन सुरु हुँदैछ।
आगामी कार्यकालका लागि पनि सभापति पदका दाबेदार प्रधानमन्त्री देउवाले नेतृत्व चयनमा सकेसम्म सहमति जुटाउने र नजुटे लोकतान्त्रिक प्रतिस्पर्धाको विधि अपनाउने बताएका छन्।
‘महाधिवेशनमा सहमतिका साथ अगाडि बढ्छौं। केही लागेन भने लोकतान्त्रिक प्रक्रियामा गएर प्रतिस्पर्धा गर्छौं’, देउवाले भने। प्रतिस्पर्धामा हुने हार जितलाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले यसलाई कटुताको विषय बनाउन नहुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग भेट गर्न पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
देउवाले बोलाए पदाधिकारी बैठक
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा