बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

बायर्न म्युनिकद्धारा ३–० ले पराजित

एजेन्सी

विहीबार, २३ मंसिर २०७८, ०७ : ५२
बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

काठमाडौँ । पाँच पल्टको युरोपेली च्याम्पियन बार्सिलोना बुधबार बायर्न म्युनिकसँग ३–० ले पराजित हुँदै च्याम्पिन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । पछिल्लो १७ वर्षयता बार्सिलोना नकआउट चरण पुग्न असफल रहेको यो पहिलो पल्ट हो ।

सन् २००३–२००४ यता बार्सिलोनाले लगातार १६ सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा खेलेको थियो । यस सिजन लियोनल मेसीलाई गुमाएको बार्सिलोनाका लागि यो हार थप आर्थिक संकटका रूपमा अगाडि आउने छ ।

बायर्नका लागि थोमस मुलर, लेरोय साने र जमल मुसालाले एक(एक गोल गरे । बायर्न भने समूह ुईु को लिग चरणका सबै ट खेलमा शतप्रतिशत जित निकाल्न सफल रह्यो । यस्तै समूहबाट बेनफिका दोस्रो चरण पुग्यो । उसले डायनामो किभलाई २–० ले हरायो ।