काठमाडौँ । राप्रपाको एकता महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकमा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिनको माग भएको छ ।बुधबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले महाधिवेशनमा निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र शाह) ले हस्तक्षेप गरेको भन्दै छानबिनको माग गरेका हुन् ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा पक्षधर केन्द्रीय नेताहरुले यस्तो माग गरेका हुन् । बैठकमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला, विजय खड्का, जमुना थापा, रिता माझी, केदार कोइराला, दीपक मल्ल लगायतले निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन् ।
नेता बर्तौलाले महाधिवेशनमा निर्मल निबासले हस्तक्षेप गरेकाले समिति गठन गर्न आफूहरुले बैठकमा माग गरेको बताए । तर, अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधर नेताहरुले भने छानबिनको आवश्यकता नभएको बताएका थिए । निर्मलनिवासले महाधिवेशनमा हस्तक्षेप गरेका कारण आफू पराजित भएको बताउने पूर्व अध्यक्ष कमल थापा भने बैठकमा सहभागी थिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ मंसिर २०७८, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
राजेन्द्र लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप
नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार