काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनहरुमा सत्तारुढ गठबन्धनका पाँच पार्टीहरु मिलेर जाने बताएका छन् । यस विषयमा दलहरुबीच सहमति भइसकेको उनले दावी गरे ।
झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभादेखि प्रतिनिधिसभाको चुनावसम्म मिलेर चुनाव लड्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘केही समयपछि राष्ट्रियसभाको चुनाव हुन्छ, त्यसमा पाँचवटा पार्टी मिलेर लड्छौं । त्यसपछि उपनिर्वाचन भयो भने त्यसमा पनि सँगसँगे जान्छौं । अनि, प्रदेशसभा, स्थानीय तह, प्रतिनिधिसभा सबैमा हामी मिल्छौं ।’
मिलेर चुनाव लड्ने विषयमा आशंका नगर्न नेपालले आग्रह गरे । एक्लै चुनाव लड्न हिम्मत नगरेको भनेर हुने गरेका टिप्पणीको जवाफ दिँदै उनले २०७४ सालको चुनाव सम्झिए । नेपालले भने, ‘२०७४ सालको चुनावमा एमालेले राप्रपा र माओवादीसँग साँठगाँठ गर्न हुने, अहिले हामीले गर्न नहुने के छ रु शक्ति बढाउनका लागि तालमेल गरिन्छ । सरकारमा बस्ने सबैका बीचमा सहमति भइसकेको छ ।’
यद्यपि, अब देशमा एकीकृत समाजवादीबाहेक अरु पार्टीको भविष्य नै नरहेको उनले ठोकुवा गरे । ‘भविष्य कसैको छ भने एकीकृत समाजवादीको छ, बाँकी पार्टीको पत्तासाफ हुनेवाला छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश