काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनहरुमा सत्तारुढ गठबन्धनका पाँच पार्टीहरु मिलेर जाने बताएका छन् । यस विषयमा दलहरुबीच सहमति भइसकेको उनले दावी गरे ।
झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभादेखि प्रतिनिधिसभाको चुनावसम्म मिलेर चुनाव लड्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘केही समयपछि राष्ट्रियसभाको चुनाव हुन्छ, त्यसमा पाँचवटा पार्टी मिलेर लड्छौं । त्यसपछि उपनिर्वाचन भयो भने त्यसमा पनि सँगसँगे जान्छौं । अनि, प्रदेशसभा, स्थानीय तह, प्रतिनिधिसभा सबैमा हामी मिल्छौं ।’
मिलेर चुनाव लड्ने विषयमा आशंका नगर्न नेपालले आग्रह गरे । एक्लै चुनाव लड्न हिम्मत नगरेको भनेर हुने गरेका टिप्पणीको जवाफ दिँदै उनले २०७४ सालको चुनाव सम्झिए । नेपालले भने, ‘२०७४ सालको चुनावमा एमालेले राप्रपा र माओवादीसँग साँठगाँठ गर्न हुने, अहिले हामीले गर्न नहुने के छ रु शक्ति बढाउनका लागि तालमेल गरिन्छ । सरकारमा बस्ने सबैका बीचमा सहमति भइसकेको छ ।’
यद्यपि, अब देशमा एकीकृत समाजवादीबाहेक अरु पार्टीको भविष्य नै नरहेको उनले ठोकुवा गरे । ‘भविष्य कसैको छ भने एकीकृत समाजवादीको छ, बाँकी पार्टीको पत्तासाफ हुनेवाला छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड