काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार सम्हालेका छन् ।
लिङ्देनले चाबहिलस्थित पार्टी कार्यालय पूजाआजा सहित पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले पूर्वअध्यक्ष कमल थापाको कुर्सीलाई यथावत् राखेर आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका छन् ।
लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । थापापार्टीको अभिभावकको रुपमा रहने र उनलाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा र कुर्सी प्रयोग नगरेको लिङ्देनले बताए ।
राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा कमल थापालाई दुई सय मतअन्तरले पछि पार्दै लिङ्देन आइतबार अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग