अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितीमा एमसिसी पास नहुने बताएका छन्। जनचाहना र जनभावनाविपरित त्रुटीहरु नसच्चाई एमसिसी पास नहुने नेपालले बताएका हुन्।
एकिकृत समाजवादी अर्घाखाँचीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सन्धिखर्कको सभाहलमा सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । सैन्य हस्तक्षेप नहुने, नेपालको कानून नमिचिने, नेपाली भूमिमा भएका सम्पत्तिको हक राष्ट्रले नै प्रयोग गर्न पाउने, नेपाली श्रमिकहरुले काम गर्न पाउने अधिकार र बाह्य हस्तक्षेप नहुने सुनिश्चिचता खोजेको उनले बताए। एमसिसीलाई पत्र पठाएर जवाफ मागिएको र चित्त बुझ्दो ढंगको जवाफको पर्खाइमा रहेको उनको भनाइ छ।
केपी ओलीले सम्झौता कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको भन्दै उनले आफूहरुले जनचाहनाको कदर गर्दै त्यसलाई रोकेको बताए। ‘केपी ओली विदेशीका सामू समर्पण नै गरेका रहेछन्’, उनले भने, ‘हामीले त्यसलाई उल्टाएका छौं, पत्र पठाएर सुनिश्चितता खोज्ने काम भएको छ।’ सबै कुराको जवाफ आएपछि एकीकृत समाजवादीले एमसिसीका बारेमा धारणा प्रष्ट पार्ने उनको भनाइ छ।
उनले देशका मूल मुद्दाहरुमा राष्ट्रहितलाई केन्द्रबिन्दुमा राख्ने तथा लोकतन्त्रलाई बलियो बनाउने कुरालाई ध्यान दिंदै अँगाडी बढ्ने स्पष्ट पारे।एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा लोकतन्त्र हरण गरेको भन्दै उम्मेद्वारसमेत दिन नपाउने गरी सिन्डिकेट लगाएको बताए। मदन भण्डारीसँग मिलेर आफूले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त अगाडी सारेको तर, ओलीले तानाशाही र एकाधिकार ढंगले पार्टीमा कब्जा जमाउन खोजेकाले आफूहरुले विद्रोह गर्नुपरेको उनको तर्क छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ मंसिर २०७८, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल