एक वर्षमा एक खर्ब बेरुजु: सबैभन्दा बढी यातायात मन्त्रालयमा

पत्रपत्रिकाबाट

आइतबार, १६ बैशाख २०७५, ०८ : ०३
एक वर्षमा एक खर्ब बेरुजु: सबैभन्दा बढी यातायात मन्त्रालयमा

काठमाडौं । यो वर्ष विभिन्न मन्त्रालयमा एक खर्ब नौ अर्ब छ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ ।

महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो । १० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ ।

बाँकी विभिन्न समिति र संंस्थाबाट २ अर्ब ८३ करोड ४१ लाख असुलउपर हुनुपर्ने औँल्याएको छ । कुल बेरुजु रकममध्ये कर्मचारीले पेस्कीका रूपमा लिएका, तर फर्छ्योट नभएको रकम दुई अर्ब ६९ करोड १० लाख रुपैयाँ छ ।

सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका संगठित संस्थाको छ ।  एक खर्ब ३३ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ लेखापरीक्षण हुँदा मन्त्रालयको बेरुजु बेरुजु २१ अर्ब २९ करोड ५१ लाख ३३ हजार रुपैयाँ छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस