काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् ।
माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागी केपी सर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई आगालेको पनि आरोप लगाए ।
समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न सकिने र यसको लागी कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ । क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।
माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ । नेता श्रेष्ठले पद भन्दा पनि विचारमाथि हुनुपर्ने बताए । उनले भने, 'केपी सर्मा ओलीले प्रधानमन्त्री बन्नकै लागी एकता गरे अनि सहमतिलाई पनि तोडे ।'
समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागी अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालुप्साकै कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : नारायणकाजी श्रेष्ठ
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ