अमेरिकाका ५ राज्यमा ओमिक्रोन भेरियन्ट फैलियो

एजेन्सी

शुक्रबार, १७ मंसिर २०७८, १३ : ४६
अमेरिकाका ५ राज्यमा ओमिक्रोन भेरियन्ट फैलियो

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोन अमेरिकाको पाँच राज्यमा भेटिएको छ ।

अमेरिकी समाचार माध्यमका अनुसार क्यालिफोर्निया, हवाइ, मिनेसोटा, न्युयोर्क र कोरोराडोमा ओमिक्रोन भेटिएको हो । अहिलेसम्म १० जनामा ओम्रिकोन भेरियन्ट भेटिएको छ । सुरुमा सुरुमा क्यालिफोर्नियामा देखिएको थियो ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार क्यालिफोर्निया, मिनेसोटो र कोलोराडोका ३ जना संक्रमितमा सामान्य लक्षण देखिएको र उनीहरूको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

ओम्रिकोन देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरू घोषणा गरेका छन् । बाइडेनले बिहीबार सार्वजनिक गरेको यात्रासम्बन्धी नियममा विदेशी यात्रुले अमेरिका प्रवेश गर्नुभन्दा २४ घण्टा अगाडि अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने समेत उल्लेख छ । उक्त नियम पूर्ण खोप लगाएका मानिसको हकमा समेत लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस