एजेन्सी । अमेरिका र रुसबीचको तनाव पुनः बढ्दै गएको छ । यी ठूला शक्तिशाली मुलुहरुबीच युक्रेनका बिषयलाई लिएर तनाब बढ्दै गएको हो ।
बिहीबारको एक भाषणमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकाप्रति आक्रोश व्यक्त गरे । उनले अब अमेरिका छिटै नै युरोपमा मध्यम दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल तैनाथ गर्ने मनस्थितीमा रहेको आरोप लगाए ।
अमेरिकाको अमेरिकाको गतिविधि र मनस्थितीले युरोपको रणनीतिक स्थिरतामा खतरा उत्पन्न हनसक्ने बताए । अमेरिकाले यही किसिमको कार्य गर्दैं गए । सैन्य टकरावकै स्थिती अउने भन्दै चेतावनी समेत दिएका थिए । अमेरिकी गठबन्धनका मुलुकले रुसका रोमानिया र पोल्याण्डनजिकै सैन्य पूर्वाधार विकास बीबीसीले पनि बताएको छ ।
उता रुसले पनि ९० हजारभन्दा बढी सैनिक युक्रेनको सीमामा परिचालन गरेको बताइएको थियो ।सो अवस्थामा युक्रेनमाथि आक्रमण हुने आशंका गरिएको थियो । तर आक्रमण भने भएको थिएन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसलाई युक्रेनमाथि आक्रमण गरे त्यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनीसमेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ मंसिर २०७८, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प